तत्कालीन जुम्ला जिल्ला बाह्रबिसदरा गाल्जेना पञ्चायत भर्ता माझमेला भर्ताको शिक्षाप्रेमी समाजसेवी आदरणीय अग्रजहरु क्रमशः श्री विष्णुबहादुर शाही, श्री रणभव्म शाही, श्री दलबहादुर शाही, श्री अर्जुनबहादुर शाही, श्री सीताराम धिताल, देवकृष्ण अधिकारी, धने अधिकारी, सारीभम्म शाही, श्री पशुपति अधिकारी, श्री पदमबहादुर शाही लगायतका व्यक्तिहरूले वि.सं. २०१७ सालमा राष्ट्रिय प्राथमिक विद्यालयको नाममा स्थापना भएको हो । गाँउलेहरुको चन्दा सहयोगवाट पाल्पा जिल्लामा गई कक्षा ८ पास भई सामान्य तालिम लिई भर्ता बडासैन निबासी टेकबहादुर शाही संस्थापक शिक्षक भई काम गरेका थिए । त्यसपछि ददि शाही, भद्र बि.क. सुशील ठाकुर र जनमबहादुर शाही लगायतका शिक्षकहरूबाट अध्यापन भएको थियो । सरकारबाट अनुदान प्राप्त गरेपछि प्यूठान जिल्ला घर भएका शिक्षक श्री गिरबहादुर पाण्डेले संस्थापक प्रधानाध्यापक भई कामकाज गरेको वि.सं. २०२८÷२९ को विद्यालय अभिलेखबाट बुझिन्छ ।
वि.सं. २०३६ ÷३७ सालमा स्थानय शैक्षिक सरोकारवालाहरूको सर सल्लाहबाट यस विद्यालयको नाम श्री जनज्योति नि.मा.वि. राखियो । त्यसपछि वि. सं. २०५२ सालमा तत्कालीन विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री टेकबहादुर शाही र प्रधानाध्यापक श्री नन्दाराम तिमिल्सेना र गा.वि.स.अध्यक्ष श्री नन्दबहादुर शाहीको सक्रियतामा कक्षा ८ अनुमति प्राप्त गरी प्रस्तावित माध्यामिक विद्यालयको रूपमा स्थापित भयो ।
वि.सं. २०६९ सालमा साविक भर्ता गा.वि.स.मा सक्रिय राजनैतिकदलहरू , गा.वि.स. सचिव , वि.व्य.स.अध्यक्ष श्रीराम अधिकारी र प्र.अ. तुलाराम धितालको सक्रियतामा श्री जनज्योति मा.वि.भर्ताले कक्षा ११ मा बाणिज्य तथा शिक्षा सङ्काय सञ्चालन गर्ने अनुमति प्राप्त ग¥यो । हाल यस विद्यालयमा माध्यामिक तह कक्षा ११ ÷१२ मा चार अनुदान कोटा र कक्षा ९÷१० मा एक दरवन्दी, तिन राहत अनुदान शिक्षक र आधारभुत तह १(८ मा सात दरबन्दी दुई राहत, एक गा.पा. अनुदान, एक विद्यालय स्रोत शिक्षक, एक बालकक्षा शिक्षक , विद्यालय कर्मचारीमा एकजना कार्यलय सहायक र एकजना सहयोगी गरी जम्मा २२ जना शिक्षक तथा कर्मचारीहरू कार्यरत छन् । कक्षा १(१२ मा ७८९ जना विद्यार्थीहरू अध्ययनरत छन् ।
कर्णाली प्रदेश कालीकोट जिल्ला शुभकालिका गा.पा. स्थित वडा नं.३ माझमेला भाउसैन टोलमा रहेको यस विद्यालयको सेवा क्षेत्र साविकको भर्ता गा.वि.स. हालको शुभकालिका गा.पा.वडा नं. १, २ र ३ साथै दैलेख जिल्लाका केही गाँउहरू यो विद्यालयका सेवाक्षेत्र हुन् । यस विद्यालयको पूर्वमा माहावै गा.पा. दक्षिण र पश्चिममा दैलेखका चामुण्डा विन्द्रासैनि न.पा. , ठाँटीकाँध गा.पा, आठविस न.पा. र उत्तरमा कालीकोटको खाँडाचक्र.न.पा.मान्म रहेको ,समशीतोष्ण ,शीतोष्ण र लेकाली हावापानी रहेको, शून्य डिग्री से. देखि तिस डिग्री से., वार्षिक बर्षा सरदर १०० – २०० मि.मि.र समुन्द्री सतहदेखि १८५० मिटर उचाइँमा रहेको छ ।
तिनचुले माईको थान, अजमारे माईको थान, बडासैन र बालाचौर कालिका मन्दिर ,महादेव, मष्टो, माहावै, जगन्नाथ, निराग्लो , नैनेलदेव, धल्पुरो , देवती, विन्द्रासैनी देवी आदिका मठमन्दिरहरू रहेका छन् । हरेक वर्ष श्रावण शुक्लपुर्णिमा देखि केही दिनसम्म देवीदेवताको पूजा तथा पैठ गरी रमाईलोसमेत गरिन्छ । यहाँका बहुसङ्ख्यक मनिसहरूले हिन्दु धर्म मान्ने गर्दछन् । यस ठाँउका मानिसहरूको आर्थिक अवस्था मध्यम रहेको छ । भाषिक संयोजन यस ठाँउको एक महत्वपूर्ण विशेषता रहेको छ । खस आर्य, खस भाषा र मगर खाम भाषा यस ठाउँका मानिसहरूले बोल्ने मुख्य भाषाहरू हुन् ।
कोलीकोट जिल्लाको साविक भर्ता गाविस का १ देखि ९ वटै वडाहरू यसको सेवा क्षेत्र रहेको छ । कर्णाली प्रदेश कालीकोट जिल्ला शुभकालिका गा.पा. स्थित वडा नं.३ माझमेला भाउसैन टोलमा रहेको यस विद्यालयको सेवा क्षेत्र साविकको भर्ता गा.वि.स. हालको शुभकालिका गा.पा.वडा नं. १, २, ३ र ४ साथै दैलेख जिल्लाका केही गाँउहरू यो विद्यालयका सेवाक्षेत्र हुन् । यस विद्यालयको पूर्व माहावै गा.पा. दक्षिण र पश्चिममा दैलेखका चामुण्डा विन्द्रासैनी न.पा., ठाँटीकाध गा.पा, आठविस न.पा. र उत्तर कालीकोटको खाँडाचक्र .न.पा.मान्म रहेको, समशीतोष्ण, शीतोष्ण र लेकाली हावापानी रहेको, शून्य डिग्री से. देखि तिस डिग्री से., वार्षिक वर्षा सरदर १०० – २०० मि.मि.र समुन्द्री सतहदेखि १८५० मिटर उचाइँमा रहेको छ । यस विद्यालयको सेवा क्षेत्ररहेको छ ।
भूतपूर्व प्रधानाध्यापक
तुलाराम धिताल




